|

काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार दुई हजार ६ सय १३ जना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंका १ हजार ८ सय ६३, ललितपुरका चार सय २७ जना र भक्तपुरका तीन सय २३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै काठमाडौंमा १६ हजार तीन सय ३८ सक्रिय संक्रमित छन् भने,अहिलेसम्म १५ सय ५ जना संक्रमितको मृत्यु भइसकेको छ। त्यस्तै,भक्तपुरमा अहिले चार हजार ९ सय ५३ जना सक्रिय संक्रमित संख्या छ भने, तीन सय २ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। 

ललितपुरमा सक्रिय संक्रमितको संख्या ७ हजार एक सय ५२ छ। हालसम्म तीन सय ९७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.