|

बाँके : बाँकेका विभिन्न अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पतालमा चार र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा दुईजनाको संक्रमितको मृत्यु भएको हो। 

मृत्यु हुनेमा बाँकेका दुई, रुकुम पश्चिममा दुई र दाङ र सल्यानका १÷१ जना रहेका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत राप्तीसोनारी–५ बाँकेका २३ वर्षीय पुरुष, आठविसकोट–१० रुकुम पश्चिमका ३२ वर्षीय पुरुष, लमही–६ दाङका ४८ वर्षीय पुरुष र राप्तीसोनारी–६ बाँकेका ५२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। उनीहरु सबैको गएराति मृत्यु भएको वलीले जनाकारी दिए।

त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाफीकोट–१० रुकुम पश्चिमकी ६६ वर्षीया महिला र छत्रेश्वरी–५ सल्यानका ३२ वर्षीय पुरुषको मृत्यु भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.