|

 सर्लाही : कोरोना भाइरसको दोस्रो लहरअन्तर्गत सर्लाहीमा पछिल्लो २४ घण्टामा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना भाइरसबाट  जिल्लामा मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

मंगलबार राति तथा बुधबार बिहान गरी थप ४ जनाको मृत्यु भएको हो। ईश्वरपुर नगरपालिका–३ का ५८ वर्षीया महिलाको नारायणी अस्पताल वीरगंजमा र सोही नगरपालिका–१५ का २६ वर्षीय युवकको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ।

त्यस्तै, लाबन्दी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको सिन्धुली अस्पताल र ब्रम्हपुरी गाउँपालिका–६ का ५५ वर्षीय पुरुषको सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

त्यस्तै, बरहथवा नगरपालिकाले केही दिनअघि ८४ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पठाउँदा (आज) बुधबार बिहानसम्म ५६ जनाको रिपोर्ट आउँदा ४० जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ। बाँकी २८ जनाको रिपोर्ट आउन बाँकी रहेको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाका प्रमुख सत्यनारायण यादवले जानकारी दिए।

हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या १हजार १ सय ७२ जना रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.