|

विराटनगर :  जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकलाई तीन दिनसम्म घर–घरमा दीप प्रज्वलन गरी गणतन्त्र दिवस मनाउन उर्दी जारी गरेको छ। 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी सूचनामा जेठ १४ गतेदेखि १६ गतेसम्म घरघरमा दीपावली गर्न भनिएको छ।

‘गणतन्त्र दिवस, २०७८ मूल समारोह समितिको निर्णयानुसार मिति २०७८ साल जेठ १५ गते ‘गणतन्त्र दिवस’का अवसरमा यही जेठ १४, १५ र १६ गते तीनदिनसम्म मोरङ जिल्लाका हरेक घर–घरमा दीप प्रज्ज्वलन गरी दीपावली गरी भव्यताका साथ गणतन्त्र दिवस मनाउनु हुन सम्पूर्ण जिल्लाबासी आमनागरिकहरुका अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.