|

काठमाडौं :  सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा बाल सुधारगृह निर्माण गर्ने भएको छ। आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट  सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढकालटारमा बालसुधारगृह निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी गराए।

ढकालटारमा बालगृह स्थापनाका लागि गत चैतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले स्थलगत अनुगमन गर्नुभएको थियो । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्न लागेको छ। 

ढकालटारमा प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ। त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गरिनेछ। आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले आँबुखैरेनीमा बालसुधार गृह निर्माण गर्ने सरकारको निर्णयप्रति धन्यवाद ज्ञापन गरे। रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.