|

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष ०७८/७९ को बजेट भाषण गरेका छन्। अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट बजेट भाषण प्रस्तुत गरेका हुन्।

सरकारले संसद्‌का दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, संसद्‌ विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८र७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो।

अर्थमन्त्री पौडेलले बजेटको विनियोजन गर्नुअघि शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गरेकी थिइन्। संविधानमा हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने व्यवस्था छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.