|

काठमाडौं : कोरोना संक्रमणका कारण नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ।

शनिबार झापाको विर्ता सिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए।  पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ५ घर भएका भण्डारी १२ दिनदेखि उपचाररत थिए। ५२ वर्षीय भण्डारीका श्रीमती र तीन छोरा-छोरी छन्। 

कञ्चनजंघा एकेडेमी फिदिममा सञ्चालक सदस्य रहेका भण्डारी  सोही एकेडेमीमा प्राध्यापक थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.