|

हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। 

अस्पतालमा उपचारको क्रममा थप दुई  जना महिला संक्रमितको मृत्यु भएको हो। अस्पतालको कोभिड फोकल पर्सन डाक्टर सागर काफ्लेको अनुसार एकजनाको शनिबार राती नै मृत्यु भएको थियो भने अर्को एकजनाको आइतबार बिहान मृत्यु भएको हो।

मृत्यु हुनेमा थाहा नगरपालिका-२ का ७३ वर्षीया वृद्धा र मनहरी गाउपालिका-७ का ७७ वर्षीया वृद्धा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.