|

काठमाडौं : इपिडिमियोलोजिष्ट डा.विराज कर्मचार्यले निषेधाज्ञा खुकुलो पार्दै जान सकिने बताएका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको कोभिड प्रेस ब्रिफ्रिङमा उनले पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको भन्दै विस्तारै निषेधाज्ञा खुकुलो पार्न सकिने बताए। 

पहिलाको तुलनामा अहिले पाँच प्रतिशतले कोभिड संक्रमित संख्या घटेको उनले बताए। भने, ‘संक्रमणदर घट्नु राम्रो हो,तर,ढुक्कसँगले तुरुन्तै पहिलाको अवस्थामा जान विश्वस्त दिनु भएन, संक्रमणदर घट्दै जाँदा केही कुराहरुमा विशेष ध्यान पुर्‍याए अहिले जुन ठाउँठाउँमा  निषेधाज्ञा लगाइएको छ, विस्तारै त्यो निषेधाज्ञा  खुकुलो पार्दै जान सकिन्छ।’

उनका अनुसार कोभिड संक्रमणको नियमित निगरानी गर्ने, जनस्वास्थ्य तथा स्वास्थ्यसेवाको क्षमता वृद्धि गर्ने, समुदायमा सावधानी बढाउने, सीमा व्यवस्थापनको लागि उपायहरु गर्ने, खोपको व्यवस्थापन गर्ने र तथ्यांकको संकलन र सही उपयोग गर्ने गरिएमा निषेधाज्ञा खुकुलो बनाउँदै जान सकिने बताए। तर, यी उपायहरु अवलम्बन नगरिए फेरी संक्रमण बढ्न सक्ने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.