|

सुर्खेत : केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटका कर्णाली प्रदेशमा रत्नराजमार्ग अन्तर्गत बबई–छिन्चु र सुर्खेतदेखि दैलेखसम्मको जोड्ने सडकको कपासे–सियाकोटसम्म सुरुङमार्ग निर्माण गर्ने योजना समेटेको छ।

सुर्खेत विमानस्थलको लागि थप विस्तार सँगै डोल्पाको मसिनेचौर विमानस्थलमा परीक्षण उडान हुने भएको छ। सुर्खेतमै आधुनिक पशु वधशाला निर्माण गर्ने योजना बजेटमा समेटिएको छ।

हुम्लाको यारी भन्सारमा सुक्खा बन्दरगाह निर्माण, मुगुमा आवाशीय विद्यालय सञ्चालन, सल्यानको शारदा नदी र कालिकोटको चुलिमालिकामा लिप्ट खानेपानी, जुम्लाको खलंगालाई व्यवस्थित शहर निर्माण, हिमाली क्षेत्रमा उन प्रशोधन कारखाना, सुर्खेतमा विपद्बाट विस्थापितहरूका लागि पुन: स्थापन कार्यक्रम, डोल्पाको दुनै बजारलाई कटान रोकथाम गर्न नदी नियन्त्रण र डोल्पामा यार्सागुम्बाको खेती गर्ने कार्यक्रम भने नयाँ समेटिएका छन्।

त्यस्तै, बजेटले डोल्पामा व्यावसायिक पशुपालन कार्यक्रम, सल्यानमा अदुवा भण्डारण तथा प्रशोधन केन्द्र जुम्लामा स्याउ भण्डारण केन्द्र र जाजरकोटमा मिसन ओखर कार्यक्रम पनि बजेटमा नयाँ समेटिएका छन्।

त्यस्तै, सरकारले यसपालि ल्याएको बजेटमा कर्णालीका अधिकांश पुरानै योजनाहरू दोहोरिएका छन्। उक्त योजनालाई नै बजेटमा निरन्तरता दिइएको छ।

सुर्खेतको चौरासेमा औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन, मुगुको छायानाथ, जुम्लाको चन्दनाथ मन्दिर, सुर्खेतको काँक्रेविहारको गुरुयोजना निर्माण, सुर्खेत खण्डमा पर्ने मदन भण्डारी राजमार्गको निर्माण, कर्णाली र भेरी करिडोरको स्तरोन्नति, हुम्लालाई राष्ट्रिय राजमार्गमा जोड्ने लगायतका पुरानै योजनाहरू यसपटकको बजेटमा पनि दोहोरिएका छन्।

त्यस्तै, सुर्खेतमा मेडिकल कलेजको स्थापना, वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माण, जुम्लामा हाइस्पोर्ट केन्द्र स्थापना, दैलेखमा पेट्रोलखानीको उत्खनन, कोहलपुर–सुर्खेत सडक खण्डलाई दुईलेन बनाउने योजनाहरू पनि अघिल्ला वर्षकै बजेट भाषणमा समावेश भएका योजनाहरू हुन्।

त्यस्तै, बजेटले समेटेका जाजरकोटको नलसिङगाड जलविद्युत्, कालिकोटको फुकोट कर्णाली जलविद्युत् आयोजना र डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना पनि दोहोरिएका छन्।

त्यसैगरी, जाजरकोटमा बहुमूल्य पत्थर उत्खनन, सुर्खेतमा बहुमूल्य पत्थर प्रशोधन प्रयोगशाला, जुम्लामा जनता आवास कार्यक्रम, माथिल्लो डोल्पा, मुगुको रारा, डोल्पाको शे–फोक्सुण्डो, सल्यानको कुपिण्डे ताल र रुकुमपश्चिमको स्यार्पुताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाहरू पनि पुरानै हुन्।

यी आयोजनाबारे अघिल्ला बजेटमा पनि समावेश गरिएको थियो। तर, अधिकांश आयोजना बजेट भाषणमा समेटिए पनि हालसम्म कार्यान्वयन हुन सकेका छैनन्।

बजेटमा समेटिएका कर्णालीका योजनाहरू

कर्णालीमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण गर्ने,

१० जिल्लाका जिल्ला अस्पतालमा प्रसूति तथा नवजात शिशु स्याहार सेवा सञ्चालन गर्ने,

हुम्ला, डोल्पा र मुगुमा प्रसूति समय अगाडिको स्वास्थ्य जाँच औषधिको सुविधान सहितको मातृ प्रतीक्षा गृह सञ्चालन गर्ने,

कर्णालीका पालिकामा शिलान्यास भएका पाँच, १० र १५ शैयाको आधार अस्पताल दुई वर्षमा सञ्चालनमा ल्याउने,

प्रादेशिक प्रयोगशालालाई रिफरल प्रयोगशालामा स्तरोन्नति गर्ने,

अपाङ्गता पुनस्र्थापना केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने, दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारलाई निरन्तर,

बादी र राउटेको आयआर्जन, क्षमता विकास र सशक्तीकरण कार्यक्रम,

सबै पालिकामा बालकल्याण अधिकारीको व्यवस्था,

डोल्पामा व्यवसायिक पशुपालनका लागि निजी क्षेत्रलाई प्रोत्साहन,

प्रदेशमा भण्डारण सुविधासहितको कृषि उपज प्रशोधन केन्द्र र औद्योगिक कृषि बजार स्थापना,

जुम्लामा स्याउ र सल्यानमा अदुवा लक्षित औद्योगिक कृषि बजार स्थापनाको सम्भाव्यता पूरा गरी निर्माण गर्ने,

सल्यानको कपुरकोटमा कृषि थोक बजार स्थापना गर्ने,

जाजरकोटमा मिसन ओखर कार्यक्रम सञ्चालन गर्ने,

सुर्खेतमा आधुनिक पशु बधशाला स्थापना गर्ने,

कृषि फर्मलाई सेन्टर अफ एक्सिलेनसमा विकास गरी सञ्चालन गर्ने,

भेरी–बबई डाइभर्सनको हेडवर्क्स निर्माण २०७८–०७९ मा सम्पन्न गर्ने,

भेरी–कर्णाली नदी किनाराका टार तथा फाँटमा लिफ्टिङ गरी ६ सय हेक्टर कृषियोग्य भूमिमा सिँचाई विस्तार गर्ने,

कर्णाली र सहायक नदी प्रणालीलाई अन्तर-आवद्ध गरी नहर निर्माण गर्ने,

प्रदेशमा भूमि बैंकका कम्तीमा ५० शाखा स्थापना गरी सञ्चालन गर्ने,

प्रदेशका सबै जिल्लाका गरिब घरपरिवारलाई राज्य सुविधा परिचयपत्र वितरण गर्ने,

कुपिण्डे दहमा पर्यटन पूर्वाधार निर्माण गर्ने,

रारा र शे–फोक्सुण्डो ताललाई आकर्षक पर्यटकीय गन्तव्यस्थलमा विकास गर्ने,

डोल्पा र हुम्लाको सिमीकोटमा पदयात्रा मार्ग निर्माण गर्ने,

उच्च हिमाली क्षेत्रमा ऊन प्रशोधन कारखाना स्थापना गर्ने,

सुर्खेतको चौरासेमा औद्योगिक क्षेत्र स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने,

दैलेखको चुप्रामा सञ्चालित पेट्रोलियम अन्वेषण दुई वर्षमा सम्पन्न गर्ने,

जाजरकोटमा बहुमूल्य पत्थरको सम्भाव्यता अध्ययन गरी उत्खनन शुरु गर्ने,

कर्णालीका दुर्गम क्षेत्रमा खाद्यन्न र नुन ढुवानीका लागि अनुदानलाई निरन्तर, यसका लागि ७६ करोड बजेट

सुर्खेतमा मेडिकल कलेज स्थापना गर्न जग्गा प्राप्ति र विस्तृत परियोजना तयार गर्ने,

मुगुको छायानाथ, जुम्लाको चन्दननाथ, सुर्खेतको काँक्रेविहारलाई धार्मिक पर्यटकीय स्थलको संरक्षण एवम् विकासका लागि गुरुयोजना तयार गर्ने,

वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माण गर्ने,

जुम्लामा हाई-अल्टिच्युट स्पोर्ट्स सेन्टर निर्माण गर्ने,

सल्यानको शारदा, कालिकोटको चुलीमालिका र मुगुको सरुकोटमा लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्ने,

मदन भण्डारी राजमार्गको भेडावारी–धुलियाविट सुर्खेत खण्डको कार्य यसै वर्षदेखि शुरु गर्ने,

सुर्खेत–कोहलपुर राजमार्गलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने,

कर्णाली राजमार्ग सुर्खेत–खुलालु खण्ड दुई लेनको बनाइने,

नाग्मा–गमढी सडक स्तरोन्नति गर्न एक अर्ब २० करोड बजेट

हुम्लालाई चालु आर्थिक वर्षमा सडक सञ्जालले जोड्ने,

भेरी करिडोरको जाजरकोट दुनै खण्डको स्तरोन्नति गर्ने,

दुनै–तिन्जे धो खण्डको ट्रयाक खोल्न ६१ करोड विनियोजन,

कोहलपुर–सुर्खेत राजमार्गको बबई छिन्चु र सुर्खेत–दैलेख सडकको कपासे–सियाकोट सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने,

फुकोट कर्णाली, जगदुल्ला जलविद्युत आयोजनाको लगानी ढाँचा एकिन गर्ने,

नलगाड र वेतन कर्णाली जलविद्युत आयोजना वित्तिय व्यवस्थापन गरी निर्माण गर्ने,

जुम्लाका अति विपन्न, लोपोन्मुख र सीमान्तकृत वर्गका परिवारलाई जनता आवास कार्यक्रम यसै वर्ष सम्पन्न गर्ने,

हुम्लामा एकीकृत वस्ती विकास गर्ने,

सुर्खेतमा विपद्बाट विस्थापित परिवारका लागि पुनस्र्थापना कार्यान्वयन गर्ने,

दुल्लुमा दीगो, सुरक्षित र प्रविधिमैत्री स्मार्ट सिटी निर्माण गर्ने,

जुम्ला खलंगामा पुराना शहरमा शहरी पूर्वाधार विकास गरी शहर पुनःजागृत गर्ने,

प्रदेशमा चलचित्र छायाङ्कन स्थल निर्माण गर्ने,

सुर्खेतको उच्च अदालतको भवन निर्माण गर्ने,

प्रादेशीक तहका अस्पतालसँगको सहकार्यमा निजामती अस्पतालको सेवा विस्तार।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.