|

बाँके : पछिल्लो २४ घण्टामा बाँकेमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र युनाइटेड अस्पतालमा १-१ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँके, सुर्खेत र बझाङका १-१ जना छन्।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरीमा उपचाररत चौकुने ४ सुर्खेतका ७० वर्षीय पुरुष, युनाइटेड अस्पतालमा  नेपालगन्ज ८ बाँकेका ६७ वर्षीय पुरुष र नेपालगन्ज मेडिकल कलेजमा खप्तडचना ४ बझाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो। 

योसँगै कोरोनाबाट बाँकेका २९६ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २९४ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.