|

कञ्चनपुर : कञ्चनपुरमा निषेधाज्ञाको समयावधि फेरि थप गरिएको छ। उच्चदरमा फैलिदै गइरहेको कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारको लागि जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले निषेधाज्ञाको समयावधि  जेठ २२ देखि ३१ गते राति १२ बजे सम्मका लागि थप गर्ने निर्णय गरेको हो। यसअघि जेठ १५ गते देखि २२ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार निषेधाज्ञाको समयावधिमा औषधि उपचारलगायतको अत्यावश्यक कामका लागि बाहेक घरबाहिर निस्कन र हिँडडुल गर्न निषेध गरिएको छ।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्लोस, स्वमिङपुल, सपिङमल, मनोरञ्जन स्थल, सैलुन, व्यूटि पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदी सञ्चालन गर्न पाईने छैन। स्वास्थ्य सेवा, दूध डेरी, तथा पेट्रोलियम पदार्थसम्बन्धी पसल व्यवसायबाहेकका अन्य पसल व्यवसाय सञ्चालन गर्न पाइने छैन।

तरकारी फलफूलको हकमा सम्बन्धीत स्थानीय तह र उद्योग वाणिज्य संघको समन्वयमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी हरेक आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजे सम्म घुम्ती पसल सञ्चालन गर्न पाईने छ।

यसैगरी, खाद्य वस्तुका पसल व्यवसाय हरेक आइतबार र बुधबार बिहान ६ बजे देखि ९ बजे सम्म जनस्वास्थ्य सुरक्षाको मापदण्डको पूर्णपालना गर्ने गरी सञ्चालन हुनेछन्।

स्वास्थ्य सेवा, खाद्य बस्तु, लगायत अत्यावश्यक पसल व्यवसायमा सामाजिक दुरी कायम गर्ने लगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित व्यवसायीको हुने छ। यस विपरित भए गरेको पाईए सम्बन्धित व्यवसायीलाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ।

अत्यावश्यक मालसमान ढुवानीका साधनबाहेक अन्य सबै सार्वजनिक एवं निजी सवारी साधन सञ्चालन गर्न पाईने छैन।

राष्ट्रिय गौरवको आयोजनाको हकमा निर्माण सामग्री, उपकरणर कामदार निर्माणस्थलमानै राखि निर्मण कार्य गर्ने बाहेक सबै निर्माण कार्य स्थगन गरिएको छ।

राजस्व दाखिला र सरकारी कारोबारबाहेक बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.