|

भक्तपुर : १३ वर्षीया किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा भक्तपुर प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ।

सूर्यविनायक नगरपालिका-७, गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वान्दो प्रशिक्षक चुलाई मुखिया पक्राउ परेका हुन्‌।

​प्रहरीका अनुसार शिक्षक कोजुले गत मंसिर १६ गते आफ्नै घरमा भोज खान बोलाई ती १३ वर्षीया बालिकामाथि यौन दुराचार गरेको आरोप लागेको छ।

भक्तपुर सृजनानगर बस्ने तेक्वान्दो प्रशिक्षक मुखियालाई गत फागुन १ गते बिहान भक्तपुरको सल्लाघारीमा प्रशिक्षण दिने क्रममा यौन दुराचार गरेको आरोप लगाइएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक दीपक गिरीका अनुसार पीडित बालिकाकी आमाले बुधबार उजुरी दिएपछि कोजु र मुखियालाई पक्राउ गरिएको हो।

पीडित किशोरीले आमालाई भनेपछि घटना सार्वजनिक भएको हो। मुखियाले राम्रोसँग खेल सिकाइदिन्छु भनी सल्लाघारीमा बोलाई एकान्तस्थानमा लगेर यौन दुराचार गरेको बताइएको छ।

पक्राउ परेका कोजु र मुखियामाथि छुट्टाछुट्टै आवश्यक अनुसन्धान कार्य भैरहेको प्रनाउ गिरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.