|

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएकालाई एस्ट्रेजेनेकाको खोप दिइने भएको छ। कोभिशिल्ड उपलव्ध हुन नसक्ने भएकाले दोस्रो मात्र एस्ट्रेजेनेकाको खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखा निर्देशक डा.तारानाथ पोखरेलले फागुन २३ गते देखि चैत्र १० गते सम्म कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोश्रो मात्रा एस्ट्रेजेनेकाको खोप लगाउने निर्णय भएको बताए।

सिरम इन्स्टिच्युट अफ इन्डिया र कोभ्याक्स सुविधा दुबैले कोभिशिल्ड उपलव्ध गराउन नसक्ने बताएकाले उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्रेजेनेका खोप दिन लागिएको उनले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.