|

काठमाडाैं : नेकपा माओवादी केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। ती स्वास्थ्य सामग्री चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग/संगठनबाट प्राप्त भएको जनाइएको छ।

सामग्रीहरु एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजेन, थर्मल गन, अक्सिमिटर, खालि अक्सिजन सिलिण्डर र भरेको अक्सिजन सिलिण्डर, पिपिइ सेट, सर्जिकल ग्लब्स, सेनिटाइजर,  फेस सिल, केएन ९५ मास्क छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.