|

सुर्खेत : सोमबार कार्यसूचीमै प्रवेश नगरी स्थगित कर्णाली प्रदेशसभा आठौं अधिवेशनको बैठक अनिश्चित बनेको छ।

कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेका सांसदहरुले लिएपछि बैठक स्थगित गरिएको थियो।

एमाले संसदीय दलका नेता यामलाल कँडेल र सांसद करवीर शाहीले मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान लिएपछि सभामुख राजबहादुर शाहीले सूचना सुनाएर मंगलबार २ बजेसम्म बैठक स्थगित गरेका थिए।

स्थगित बैठक पूर्वनिधारित समयमा आज मंगलबार पनि सुचारु हुन सकेको छैन। सरकार पक्ष र प्रतिपक्षबीच बैठक सुचारु गर्ने सम्बन्धमा वार्ता चलिरहेको र वार्ताको कुनै निष्कर्ष नआएकाले आज संसद चल्न सक्ने नसक्ने विषयमा केही जानकारी नआएको संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.