|

काठमाडौं : नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्। 

राष्ट्रपति कार्यालय शीलतनिवासमा नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथग्रहण गराएकी हुन्। 

राज्य मन्त्री आशा कुमारी विकलाई प्रधानमन्त्रीले सपथ गराएका थिए। 

प्रधानमन्त्री केपी ओलीले आजै आफ्नो पार्टी, पूर्वमाओवादी र जसपाका नेता समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए। 

नवनियुक्त मन्त्रीहरूमा खगराज अधिकारी (गृह),राजकिशोर यादव (उद्योग), नैनकला थापा (संचार), ज्वाला कुमारी साह (कृषि), नारदमुनि राना (वन), गणेशकुमार पहाडी (संघीय मामिला तथा सामान्य प्रशासन), मोहन बानियाँ (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय) रहेका छन् भने आशाकुमारी विक वन राज्य मन्त्री नियुक्त भएकी छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.