दुुई चौपयाको पनि मरे

|

काभ्रे : काभ्रेमा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। 

जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका वडा नं. ४ स्थित बाँसघारीका ७७ वर्षीय मायादेवी लोप्चनको चट्याङबाट घटनास्थलमै मृत्यु भएको सोही वडाका वडा अध्यक्ष वीरबहादुर वाइबाले जानकारी दिए। उनका अनुसार चट्याङ लागेर घाइते हुनेमा १५ वर्षीय छेवाङ लोप्चन र १० वर्षीय सञ्जीव लोप्चन छन्। घाइते छेवाङ र सञ्जिव मृतकका नातिहरू हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहीबार दिउँसो करिब ३ बजे लोप्चनको घरमा चट्याङ परेको थियो। घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ।

चट्याङ लागेर दुुई चौपायासमेत मरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.