|

गुल्मी : मदन भण्डारी राजमार्ग सडकअन्तर्गत इश्मा गाउँपालिका-१ हस्तिचौरमा रहेको ह्युम पाइप कल्भर्ट  डोजर लगाई तोडफोड गरेको झण्डै एक वर्ष भयो।

२०७७ असार १९ गते स्थानीयहरुले घर जग्गा डुवानमा पर्न लागेको भन्दै डोजर लगाई तोडफोड गरे पनि त्यसको नियामक निकाय भने अहिलेसम्म पनि कानमा तेल राखेर बसेको छ।

कैयौं पटक त्यस क्षेत्र भएर ओहोरदोहोर गर्ने प्रहरी प्रशासनले पनि आँखा चिम्लेर बस्यो, त्यहीको इश्मा गाउँपालिकाले पनि कुनै चासो देखाएको पाइएन। न त कल्भर्ट तोडफोड गर्नेलाई कारबाही भयो नत कल्भर्ट निर्माण।

अहिले वर्षायाम सुरु हुन लाग्यो त्यस क्षेत्रमा सवारी आवतजावत गर्नका लागि निकै समस्या छ तर पनि सो कल्भर्ट निर्माण गर्नमा कसैको ध्यान गएको छैन।

सो सडक हेर्ने मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासले पनि सो कल्भर्ट निर्माणका लागि कुनै चासो देखाएको छैन।  एक वर्षसम्म पनि यसै आँखा चिम्लेर बस्नु दुःखद पक्ष रहेको सरोकारवाला बताउँछन्।

मर्मत गर्ने सोच

यता, योजना कार्यालयका योजना प्रमुख शशांक मिश्राले तत्कालका लागि मर्मत गरी चलाउने सोचमा रहेको बताए। दीर्घकालीन सोचसहित अगाडि बढ्नका लागि विभागसँग पनि छलफल भइरहेको उनले दाबी गरे।

कल्भर्ट तोडफोड गर्नेलाई कारबाही हुन्छ कि हुँदैन? भन्ने प्रश्नमा उनले प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर मात्र भन्न सक्ने बताए।

यता, गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विस्तृत रूपमा बुझेर अगाडि बढने बताइन्।

सो कल्भर्ट आठ लाख ६२ हजार  ८० रुपैयाँमा निर्माण भएको योजना कार्यालय तम्घासका सब इन्जिनियर विवस बास्तोलाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.