ओलीपक्ष भन्छ : निलम्बन गर्नु गलत

|

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सात जना सांसदलाई निलम्बन गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै ओली पक्षका सात जना सांसदलाई निलम्बन गरेको हो।

संसदीय दलले ओली पक्षका सांसद पूर्वमन्त्रीसमेत रहेका पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लीलाधर भट्ट, माया तमाङ, बलदेब रेग्मी र ग्याल्बु बोहरालाई निलम्बन गरेको हो।

उनीहरुमाथि ७ दिनदेखि १० दिनसम्म निलम्बन गर्ने निर्णय गरिएको प्रमुख सचेतक दुर्गा विकले बताइन्।

विकका अनुसार पठानसिंह बोहरा र रतन थापालाई १५ दिनका लागि निलम्बन गरिएको हो। यस्तै रेग्मी भट्टराई १० दिन तथा गेल्बुसिंह, तामाङ र चौधरीलाई ७ दिनका लागि निलम्बन गरिएको छ।

संसदीय दलको ह्वीप नमानेर सरकारलाई विश्वासको मत नदिएको तथा नीति तथा कार्यक्रम पारित गर्ने बेलामा पनि ‘हुन्न’ भनेकाले कारबाही गरिएको विकले बताइन्।

प्रमुख सचेतक विकले भनिन्, 'सांसदबाट मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न दलले जारी गरेको ह्वीप उल्लंघन भयो। त्यसैले केही सांसदलाई ५ दिन, केहीलाई ७ दिन र केहीलाई १५ दिन निलम्बन गर्ने निर्णय भएको छ।'

संसदीय दलले जारी गरेको ह्वीप पटकपटक उल्लंघन गरेको आरोप लगाउँदै संसदीय दलले ती सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो।

माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो। तर ओली पक्षका सांसद भट्ट, चौधरी, थापा, बोहरा, ग्याल्बु बोहरा, तामाङ र रेग्मीले विपक्षमा मत दिएपछि दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए। यस्तै उनीहरुले संसदीय दलको ह्वीप विपरीत  सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेका थिए।

संसदीय दलको बैठकमा ओली पक्षका प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए। संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन नभएकाले निलम्बन गलत भएको ओली पक्षका प्रदेशसभा सदस्य भट्टले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.