|

सल्यान : त्रिवेणी गाउँपालिकाले ६०० गर्भवती र सुत्केरीलाई कुखुरा वितरण गरेको छ।​ बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनभित्रका आमालाई  कुखुरा वितरण गरिएको हो।

पोषणमा सुधार ल्याउने उद्देश्यका साथ सुनौलो हजार दिनका आमाहरूका लागि पाँच -पाँचवटाका दरले कुखुरा वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए। गर्भवती र सुत्केरी आमाहरू तथा बालबालिकाहरूलाई अण्डा खुवाउनु पोषणको महत्वपूर्ण तत्व भएकाले पोषणयुक्त खानेकुरामा ध्यान दिन सकून् भनेर कुखुरा वितरण गरिएको उनको भनाइ छ।

पालिकाभित्रका सुनौलो हजार दिनका आमाहरूलाई ३ हजारवटा आठ हप्ते कुखुराको चल्ला वितरण गरिएको रावतले बताए। बच्चा आमाको गर्भमा रहेको दिनदेखि १ हजार दिन आर्थात् जन्मिएको २ वर्षसम्म बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने भएकाले उनीहरूको वृद्धि विकासका लागि कुखुरा वितरण गरिएको उपाध्यक्ष करुणा खड्काले बताइन्। खास गरेर आमा र बच्चा दुवैमा कुनै किसिमको कुपोषण देखा नपरोस् भन्ने गाउँपालिकाको लक्ष्य रहेको उनको भनाइ छ। 

चालु  आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार पालिकाका १ देखि ६ सम्मका लक्षित समूहका आमाहरूलाई कुपोषण हुन नदिन तथा पोषणमा सुधार ल्याउन सबै वडाहरूमा कुखुरा वितरण गरिएको खड्काको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.