|

सिन्धुपाल्चोक : मेलम्ची खोला र लार्के खोलामा आएको बाढीबाट हेलम्बुकी एक महिलाको मृत्यु भएको छ। हेलम्बुको एक ट्राउट माछा फार्मकी टिकामाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाढीको कारण मेलम्ची नगरपालिकाको मेलम्ची बजार समेत उच्च जोखिममा रहेको छ। मेलम्चीको आमा ह्याल्मो बसपार्कमा रहेको सबैजसो घर टहरा बगाएको र रेडियो मेलम्चीको भवन समेत जोखिममा रहेको रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले बताए । 

बाढी विस्थापित मेलम्ची बजारका बासिन्दा स्थानिय ईन्द्रेश्वरी माध्यामिक विद्यालय, नगरपालिकाको कार्यालय, टार तथा माथिल्लो भेगका जंगलमा गएर बसेका छन्। 

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रभन्दा माथि ठूलो पहिरो गएको छ। तर, बाढीले अहिलेसम्म आयोजनामा कुनै क्षति नभएको आयोजनाका कर्मचारी निमेष रेग्मीले बताए। 

हेलम्बु प्रहरी चौकीको भवन समेत जोखिममा परेकाले प्रहरी समेत सुरक्षित ठाउँमा गएका छन्। बाढीले नदी किनारका सबैजसो माछा पोखरी बगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.