|

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार कार्यमा जुट्नका लागि पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्। 

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न जिल्लाहरुमा ठूलो धनजनको क्षति भएपछि उनले यस्तो निर्देशन दिएका हुन्। 

बाढी पहिरोबाट प्रभावित स्थानहरूमा तत्काल उद्दार कार्यमा जुट्न स्थानीय पार्टी कार्यकर्ता, सरकारी निकाय तथा सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु उनले फेसबुकमा लेखेका छन्। 
  
प्रभावितहरूलाई बाँच्नका लागि न्यूनतम राहत, आवास, लत्ता कपडा एवम् स्वास्थ्य सामग्री सहितको व्यवस्थाका लागि सरकार एवम् परोपकारी संस्थाहरूको ध्यानाकर्षण समेत गराएका छन्। 

मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन भारी वर्षा हुने जनाएकाले नदी आसपासका क्षेत्रमा पानीको बहाव बढ्ने, पहिरो र डुबानसमेत हुने खतरा रहेकाले सतर्क रहनुहुन सम्बन्धित सबैमा अनुरोध समेत गरेका छन्। 

पहिरोको उच्च जोखिममा रहेको स्थानमा बढी सतर्कता अपनाउन स्थानीय बासिन्दासहित स्थानीय प्रशासनसँग विशेष अनुरोध समेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.