|

काठमाडौं :  लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिले बजारका १४ वटा घर बगाएको छ। 

बाढीले १४ वटा घर बगाएको र स्थानियबासीलाई सुरक्षित स्थानमा सारिएकाले मानविय क्षति भने नभएको वडाअध्यक्ष ओम बहादुर गुरुङले जानकारी दिए। बाढीले बजारका ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको छ। बाढीले दोर्दी खोलामाथि बनेको झोलुङ्गे पुलमा पनि क्षति पुर्‍याएकाले आवतजावत प्रभावित बनेको गुरुङले बताए। 

यस्तै निर्माणाधिन दोर्दी सुपर जलविद्युत् आयोजनामा बाढीले क्षती पु¥याएको छ। बन्सार हिलेवेशीमा निर्माण कार्य सम्पन्न हुन लागेको ५४ मेघावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा क्षति पु¥याएको जिल्ला प्रशासन कार्यलय लमजुङका सूचना अधिकारी जगदीश मिश्रले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.