|

भक्तपुर : मध्यपुर थिमि नगरपालिका–४, चारदोबाटोस्थित ट्राफिक आइल्याण्डमा बुधबार राति मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍ज काठमाडौंमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु चौलाखर्क–३ घर भई हाल काठमाडौं काँडाघारी बस्ने २७ वर्षीय रमेश कुमार बस्नेत हुन्। त्यस्तै, घाईते हुनेहरुमा मोटरसाईकलमा सवार हाल काँडाघारी बस्ने उदयपुर ताप्ले गाउँपालिका–५ का २२ वर्षीय लोकेन्द्र मगराती र सिन्धुली तिनपाटन गाउँपालिका–५ का २५ वर्षीय अमित जैरु छन्।

तीव्र गतिमा काठमाडौंबाट भक्तपुरतर्फ आइरहेको बा७७प ५६०५ नं. को मोटरसाइकल आफैं अनियन्त्रित भई राति करिब ११ बजे सडक बीचमा रहेको ट्राफिक आइल्याण्डमा ठोक्किएर दुर्घटना भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

घटनालगत्तै दुर्घटनामा घाइते तीनै जनालाई नागरिक सामुदायिक अस्पताल गट्ठाघरमा उपचारका लागि लगिएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए। नागरिकमा प्रारम्भिक उपचारपछि तीनै जनालाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाएकोमा त्यहीँ उपचारका क्रममा मोटरसाइकल चालक बस्नेतको मृत्यु भएको प्रनाउ गिरीले बताए। प्रहरीले घटनाको थप अनुसन्धान कार्य भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.