|

काठमाडौं : कोपा अमेरिका फुटबलमा  कोलम्बिया र भेनेजुएला बराबरीमा रोकिएका छन्। 

ब्राजिलको स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न समूह 'ए' को खेलमा कोलम्बिया र भेनेजुएला गोलरहित बराबरीमा रोकिएका हुन्।

खेल अवधिभर भेनेजुएलामाथि दवाब बनाए पनि कोलम्बिया गोल गर्न सकेन।  खेलको इन्ज्युरी समयमा कोलम्बियाका लुइस डियाज रेड कार्ड खाँदै बाहिरिएका थिए। 

प्रतियोगिताको उद्घाटन खेलमै आयोजक राष्ट्र ब्राजिलसँग पराजय ब्यहोरेको भेनेजुएलाले दोस्रो खेलमा कोलम्बियासँग अंक बाँडेको हो। ​ कोलम्बियाले आफ्नो पहिलो खेलमा इक्वेडरमाथि १-० को जित निकालेको थियो। यो सँगै कोलम्बियाले २ खेलबाट ४ अंक जोडेको छ।

समूह 'ए' कै अर्को खेलमा ब्राजिल र पेरुबीच खेल जारी छ।  ब्राजिलले आफ्नो पहिलो खेलमा भेनेजुएलालाई हराएको थियो भने पेरुको यो प्रतियोगितामा पहिलो खेल हो।

प्रतियोगितमा ५-५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.