काठमाडाैं : १६ औँ संस्करणको युरोकप फुटबलमा आजराति इंग्ल्याण्डले स्कटल्याण्डको सामना गर्दैछ।
समूह ‘डी’ मा रहेका यी दुई टिमबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे इंग्ल्याण्डको वेम्बली स्टेडियममा हुनेछ। इंग्ल्याण्ड आज लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गर्न चाहन्छ।
आफ्नो पहिलो खेलमा क्रोएसियालाई १–० गोल अन्तरले हराएको इंग्ल्याण्ड ३ अंकका साथ समूहको दोस्रो स्थानमा छ। आफ्नो पहिलो खेलमा चेक रिपब्लिकसँग २–० गोल अन्तरले हार बेहोरेको स्कटल्याण्ड आज पहिलो जितको खोजीमा रहेको छ। अंकविहीन रहेको स्कटल्याण्ड समूहको पुछारमा छ।
यसअघि आजै राति पौने १० बजे हुने खेलमा समूह ‘डी’ का चेक रिपब्लिक र क्रोएसिया प्रतिस्पर्धा हुँदैछ। क्रोएसिया आज पहिलो जितको खोजिमा रहेको छ भने चेक रिपब्लिक भने लगातार दोस्रो जित निकाल्न चाहन्छ।
क्रोएसिया आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो। अंकविहीन रहेको क्रोएसिया समूहको तेस्रो स्थानमा छ। चेक रिपब्लिक भने लगातार दोस्रो जित निकाल्न चाहन्छ।
पहिलो खेलमा चेक स्कटल्याण्डलाई २–० ले हराएको चेक रिपब्लिक आज उच्च मनोबलका साथ मैदान उत्रनेछ। ३ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको चेक रिपब्लिक आजको खेल पनि जित्दै नकआउट चरणमा प्रवेश गर्ने योजनामा छ। क्रोएसियालाई भने नकआउट चरणमा पुग्न चेक रिपब्लिकलाई फराकिलो अन्तरले हराउनुपर्नेछ।
युरोकप फुटबलमा अहिले जारी खेलमा समूह ‘इ’ को स्लोभाकिया र स्वीडेनबीच प्रतिस्पर्धा भइरहेको छ। रुसको सेन्ट पिटरर्सवर्ग मैदानमा जारी खेलमा दुबै टोली जित निकाल्ने लक्षका साथ मैदान उत्रिएका छन्।
स्लोभाकिया आज लगातार दोस्रो जित निकाल्दै नकआउन चरणमा पुग्ने योजनामा छ। स्लोभाकियाले आफ्नो पहिलो खेलमा पोल्याण्डलाई २–१ ले पाखा लगाएको थियो। स्वीडेन भने पहिलो जितको खोजीमा छ। स्वीडेनले आफ्नो पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।