|

कञ्चनपुर :   महाकाली नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन। भीमदत्त नगरपालिका १२ ऐरी, ओदाली र दोधारा चाँदनी १० को शान्तिपुर टोल डुबानमा परेको छ। बस्ती डुबानमा पर्न थालेपछि स्थानिय बासिन्दा सुरक्षित क्षेत्रमा जान थालेका छन्।

 भीमदत्त नगरपालिका-१३ का वडाध्यक्ष लाल बहादुर शाहीले ऐरीमा १२ घर नदीमा आएको बाढीका कारण डुबानमा परेको बताए। महाकाली नदीमा पानी बढ्यो, तटबन्धले पानी छेक्यो, निकास भएन',उनले भने, ‘नदी क्षेत्रको बस्तीका घर डुबेका छन्, पानी नघटे थप जोखिम निम्तिन्छ।'

महाकाली नदीमा निर्माणाधिन चार लेनको पुल जोडने सडक नदीले कटान गर्ने कार्य जारी राखेको छ। सडक जोगाउनका लागि अस्थायी तटबन्ध निर्माणको कार्य भैरहेको छ।  दोधारा चाँदनी १० भएर बग्ने जोगबुढा नदीको पानी महाकाली नदीमा आएको बाढीले थुनिदा शान्तिपुर टोल डुबानमा परेको हो। महाकाली नदीको बहाव अहिले बढेर एक लाख ९१ हजार क्यूसेक पुगेको छ।

बाढीको जोखिमयुक्त क्षेत्रमा उद्धारको कार्य गर्नका लागि प्रहरीको टोली तयारी अवस्थमा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए। नदीको बहाव बढ्दै जान थालेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.