|

इलाम : नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम विराटनगर सिटी एफसीले भुटानको क्लब पारो एफसीसँग सम्झौता गरेको छ।

सम्झौतामा विराटनगरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाशिष कोइराला र पारोका अध्यक्ष कर्मा जिग्मेले हस्ताक्षर गरेका छन्। विराटनगरले शनिबार एक विज्ञप्ति निकाल्दै भुटानी क्लबसँग क्लबले सम्झौता गरेको जनाएको छ।

दुई देशबीच व्यवसायिक फुटबल विकास र स्तर सुधारका लागि पारोसँग सहकार्य गरिएको विराटनगरले जनाएको छ। ‘पारो फुटबल क्लबसँग सम्झौता पत्रमा हस्ताक्षर भएको घोषणा गर्न पाउँदा विराटनगर सिटी एफसी खुसी छ,’ विज्ञप्तिमा भनिएको छ,‘साझेदारीसँग धेरै उत्साहित छौं।’

विराटनगरले पारोसँग १ वर्षे सम्झौता गरेको छ। सम्झौता थप गर्दै लगिने कोइरालाले जानकारी दिए। सम्झौता अनुसार दुई क्लबबीच युवा तथा सिनियर खेलाडीको आदानप्रदान, प्रि–सिजनका लागि मैत्रीपूर्ण खेल तथा फुटबल विकासका लागि प्राविधिक विशेषज्ञको आदानप्रदान हुनेछ।

पहिलो संस्करणको एनएसएलमा विराटनगर लिग चरणबाट बाहिरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.