|

भक्तपुर : चाँगुनारायण नगरपालिका–९ ताथलीमा १० वर्षीय बालक शनिबार मृत भेटिएका छन्।

शुक्रबार हराएका स्थानीय राजु मछेका १० वर्षीय छोरा रोजन मछे घर नजिकै रहेको ईंटाभट्टाको खाल्डोमा मृत फेला परेका हुन्। उनी शुक्रबार बिहान ११ बजे हराएका थिए। खाना खाएर बाहिर निस्केका उनी हराएका थिए।

परिवारले आफन्त, छरछिमेकमा खोजेका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा उनी सेतो बि.एम ईंटाभट्टाको कम्पाउण्डमा रहेको पानी जमेको खाल्डोमा मृत भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए। 
 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.