|

काठमाडौं : बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यू भएको छ।

आज बेलुकी करिब साढे सात बजेतिर भएको आगलागीबाट दुई भारतीय मजदुरको घट्नास्थलमै मृत्यु भएको हो। प्रहरीकाअनुसार घटनामा चार मजदुर घाइते भएका छन्।

उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दिपक श्रेष्ठले जानकारी दिए। मृत्यू हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारणका ४० वर्षीय प्रदिप गौण र बिहारकै सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा राजकुमार विक, इन्द्रप्रसाद अधिकारी, नवराज चौलागाई र अवधेस कुसवाहा छन्। घाइते चार जनामध्ये तीन जनाको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेको र गम्भीर विकलाई थप उपचारका लागि वीरगञ्जको वयोधा अस्पतालमा रिफर गरिएको छ।

दुईवटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.