|

मणिकुमार श्रेष्ठ ‘सिजन’

हरेक बिहानीले दिनको संकेत गर्दछ। मेहनतले सुन्दर भविष्यको परिकल्पना गर्दछ। हरेक नेपालीले सुनौलो भविष्य कोर्नका लागि सदैव आफ्नो मेहनतलाई खुकुरीको धारमा राखेर काम गर्ने गरेका छन्।अ हिले हाम्रो सुनौलो भविष्यको बाटो कोर्न देशभरका स्थानीय तहहरुमा बजेट व्यवस्थापन भइरहेको छ। हरेक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट गाउँसभा तथा नगरसभामा पेश गर्नुपर्ने  निर्देशित व्यवस्था गरिएको छ। 

जनताको सुन्दर भविष्यको जिम्मा लिएका स्थानीय तहका जनप्रतिनिधिहरु अहिले विभिन्न टोल तथा बस्तीहरुको नागरिक समक्ष योजना तथा कार्यक्रमको खाका कोर्न तल्लीन भएका छन्। विश्वव्यापी कोरोना महामारीका कारण प्रत्येक स्थानीय सरकारले आफ्नो अभ्यासलाई सही ढंगबाट तथा घनिभूत बहस र छलफल चलाउन नसके पनि अहिले टोल–टोलबाट योजनाको मागहरु आइरहेका छन्। स्थानीय सरकारको जनप्रतिनिधिहरुले गाउँसम्मका योजनाहरु छनोट गरी दिगो विकासको लक्ष्य प्राप्तिका लागि अग्रसर हुनु आजको आवश्यकता भएको छ। 

जनताले प्रत्यक्ष रुपमा सरकारको महसुस गर्न पाउने निकाय भनेको नै स्थानीय तह हुन्। त्यसमा पनि सबैभन्दा तल्लो तह वडा हो। जुन निकाय जनताको जनजीविकासँग प्रत्यक्ष जोडिएको छ। आवाजविहीन जनताको आवाज र आधारको रुपमा वडाले काम गर्न सक्नु पर्दछ। जसरी आमाले बच्चालाई कसरी हुर्काउने भनेर जन्माउँदा नै सोचेकी हुन्छिन् त्यसरी नै वडापालिकाले जनताको आमा भएर काम गर्नु पर्दछ। किनकि आमाले आफ्नो सन्तान आज भोको नहोस् भनी सोच्ने गर्छिन्। सोही तरिकाले आफ्ना कुरालाई परिवार सामु राख्छिन्। ठिक त्यसै तरिकाले वडाले आफूलाई प्राप्त भएको बजेट जनताको दैनिक जीवनसँग जोडिएको क्षेत्रमा विनियोजन गर्न सक्नु पर्दछ। जसले चाँडै प्रतिफल दिन सकोस्। 

हरेक स्थानीय तहले अहिले असार १० को योजनालाई मुख्य रुपमा अगाडि बढाएका छन्। आफ्नो गाउँपालिका तथा नगरपालिकालाई कस्तो बनाउने अनि कति रकम कुन–कुन क्षेत्रमा विनियोजन गर्ने त्यस विषयमा लामो समय छलफल र भावी योजनाको समेत परिकल्पना गरेर अगाडि बढ्नु पर्ने हुन्छ। जसले एउटा असल अभिभावकको काम गर्न सक्नु पर्छ। स्थानीय तहले आज आफ्ना नागरिकका लागि कुशल अभिभावकको रुपमा आफूलाई अगाडि बढाउनु पर्दछ। जसरी एउटा घर बनाउँदा हरेक ईंटाको समान महत्व हुने गर्दछ। स्थानीय तहले विकास निर्माणको कामलाई अगाडि बढाउँदा भविष्यको सन्ततिका लागि समेत सोच्नु पर्दछ। 

स्थानीय तहमा कार्यरत जनप्रतिनिधिहरुले आजको दिनमा मेरै कार्यकालमा सम्पूर्ण काम जसरी पनि सक्नु पर्दछ भन्ने दुस्साहसी भावना त्यागेर दिगो कामको थालनी गर्नु अपरिहार्य रहेको छ। 

एउटा घरमा परिवारको सबै सदस्यको महत्त्वपूर्ण भूमिका रहने गर्दछ। तर, पनि घरमुलीको विषेश अधिकार हुने गर्दछ। त्यसैले गाउँपालिका तथा नगरपालिकाको मुख्य व्यक्तिहरुले आफ्नो विवेकलाई अधिकतम रुपमा प्रयोग गर्नु पर्दछ। जसले आफ्नो स्थानीय तहको भाग्य र भविष्य कोर्न सकोस्। आफ्नो पालिकाको योजना तर्जुमा गर्ने क्रममा स्थानीय सरकारले विषय विशेषज्ञहरूको सहायता लिई आफ्नो पालिकालाई सुन्दर र सुनौलो दिशामा लैजान सर्वपक्षीय छलफल गरी सही निर्णयलाई पारित गराउन सक्नु नै स्थानीय सरकारको दायित्व हुन आउँछ। 

मानव जीवनमा विकास भनेको एउटा यस्तो विषय हो‚ जुन हरेक मानिसको मानसपटलमा हुने गर्दछ। मानिसले आफ्नो जीवनमा नै मंगल ग्रह जाने परिकल्पना गरेको नहुँदो हो त रुस, अमेरिका र चीनले मंगल ग्रहमा पुग्ने अवसर पाउँदैनन् थिए। साँच्चै भन्ने हो भने हामीले भविष्यको पुस्ताले दिगो विकासको अनुभव गर्न पाऊन् भनेर अहिलेदेखि नै विकासको मेरुदण्ड बनाउन लाग्नु पर्दछ। अहिले स्थानीय सरकार होस्, चाहे प्रदेश सरकार, चाहे केन्द्रीय सरकार नै किन नहोस् सबैको सोचाइ मेरै पालामा सबै विकासका कामहरु हुनुपर्छ भन्ने गरेको देखिन्छ। तर अबका दिनमा हामीले बजेटको व्यवस्थापन गर्दा हरेक योजना हाम्रो पालामा सम्पन्न गर्ने लक्ष्यको साथ अगाडि बढाउनु पर्दछ। जुन दिगो विकासभित्र समेट्न सकियोस्। 

जसको निर्माण गर्न ३०० वर्षभन्दा बढी लागेको थियो भनिन्छ। जुन आज विश्व सम्पदा सूचीमा रहेको छ। त्यहाँको कलात्मक संरचनाले शताब्दीयौंको इतिहास बोकेको छ। जुन मन्दिर निर्माणको काम अहिलेसम्म पनि सकिएको छैन। जसलाई त्यहाँको स्थानीय सरकारदेखि केन्द्रीय सरकारले सम्म निरन्तरता दिइरहेको छ। 

आजको युग भनेको विकास र परिवर्तनको युग हो। मानिसले विकासको नाममा विश्वमा ठूलठूला भवन र बाटो निर्माण गरिसकेका छन्। पृथ्वीको गहिराइबाट सडक निर्माण गर्नेदेखि पृथ्वीको बाहिरी तहमा अन्तरिक्ष यान राख्न सक्ने खालका छुट्टै ग्रहको निर्माण समेत भइसकेका छन्। यसले विकास निर्माणका कामलाई आज रोबर्ट युगतिर धकेल्दै छ। आजको वैज्ञानिक युगको सुरुवात भएसँगै विगतमा विभिन्न प्रकारका अपत्यारिला संरचनाहरु निर्माण भएका पाउँछौँ। यसरी विकासको कुरा गर्दा विश्वको सबैभन्दा ठूलो हिन्दु मन्दिर इन्डोनेसियाको बालीमा रहेको छ।

हामीले विकास निर्माणको मुद्दालाई उठान गरिरहँदा विश्वका विकासित देशहरुको विकासको चरणलाई हेरी सोही तरिकाले विकास गर्ने सोचका साथ अगाडि बढ्ने गर्दछौं। आजको युगमा हामीले आफ्नो क्षमता र आफूसँग भएको हीरालाई चिन्न नसक्दा अरुले बनाएको सुनको टुक्रोको परिकल्पना गरेर आफ्नो देशलाई दियो मुनिको अँध्यारो बनाएर राखेका छौं। त्यसैले दियो मुनिको अँध्यारोलाई चिरफार गरी समुन्नत भविष्य निर्माणका लागि स्थानीय सरकार सदैव लागि परौँ। अवश्य विकासको उन्नत तुफान आउनेछ।

लेखक ​भोजपुरको साल्पासिलिछो गाउँपालिकाका योजना प्रमुख हुन्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.