|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारस्थित ऐला आयुर्वेदाका सञ्चालक अन्दाजी ४२ वर्षीय रामबहादुर साउदको सडक दुर्घटनामा  शनिबार साँझ मृत्यु भएको छ।

 कैलालीको धनगढीबाट घर फर्कने क्रममा साउदले चढेको से१क ६८२ नम्बरको मोटरसाइकललाई म१ब ९६६८ नम्बरको टिपरले  बोराडाँडीनजिक ठक्कर दिँदा उनी सख्त घाइते भएका थिए।

 तत्कालै उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.