|

काठमाडौं : नोपल ट्रेड युनियन महासंघ जिफन्टको बागमती प्रदेश कमिटीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढी पीडितको आवास पुनर्निर्माणमा​ स्वयंसेवी खटाउने भएको छ। जिफन्ट बागमती प्रदेशका अध्यक्ष रामहरी नेपालले एक विज्ञप्ती जारी गर्दै बाढी पहिरो पीडितको निजी आवास पुनर्निर्माणमा जनशक्ति खटाउने जानकारी दिएका हुन्।

स्वयंसेविका रुपमा दक्ष जनशक्ति खटाउन आफुहरु तयार रहेको बताउँदै अध्यक्ष नेपालले उद्दार र राहत वितरणमा पनि स्वयंसेवक खटाइने जानकारी दिए। अध्यक्ष नेपालले हेलम्बुसहितका क्षेत्रमा राहत पुग्नै नसकेको र सहज स्थानमा राहत वितरणमा भइरहेको होडबाजी रोक्न पनि माग गरे।

एकद्वार नीतिबाट सबै पीडितको घर घरमा राहत पुर्‍याउनुपर्ने माग गर्दै अध्यक्ष नेपालले त्यसका लागि आवश्यक जनशक्ति खटाउन आफुहरु तयारी अवस्थामा रहेको बताए।  

मेलम्ची खानेपानी आयोजनामा कार्यरत स्वदेशी तथा विदेशी श्रमिकहरु, माछापालन तथा कृषि फर्ममा कार्यरत श्रमिकहरु र अन्य स्थानिय क्षेत्रमा कार्यरत श्रमिकको जीवन रक्षाका लागि आवश्यक ध्यान दिन पनि जिफन्ट बागमतीले सरकारसँग माग गरेको छ। 

बाढीले विद्युत लगायत सञ्चार प्रविधि नष्ट गरेकाले यथासम्भव चाँडो अत्यावश्यकीय सेवा सञ्चालन गर्न पनि जिफन्ट बागमतीले सरकारसँग माग गरेको छ। सडक तथा बाटो कटान भएको कारण हेलम्बु गाउँपालिकाको चनौटे, ग्याल्थुम र किउल सम्म सहज ढंगले खाधान्न तथा अन्य राहत पुर्‍याउन सकिने अबस्था नरहेकाले प्रशासनले अनुमति दिए ति स्थानमा स्वयंसेवक तत्काल पठाउने तयारी भएको पनि अध्यक्ष नेपालले भनाई छ।  

जिफन्टसँग दक्ष जनशक्तिसहितको टिम रहेकाले आफुहरु देशको जुनसुकै स्थानमा आइपर्ने विपद् व्यवस्थापनमा तयार रहेको अध्यक्ष नेपालले जानकारी दिए। जिफन्ट एमाले संवद्द श्रमिकहरुको संगठन हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.