|

काठमाडौं : नेकपा एमालेभित्रको विवाद समाधान गर्न लागिरहेका नेता भीम आर्चायले गुटको निर्णय खारेज गर्दै कमजोरीहरू सच्चाएर अगाडि बढ्नुपर्ने बताएका छन्।

उनले सामाजि सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यतिबेला नेकपा विभाजन र एमालेभित्रको किचलोले सिंगो राष्ट्रिय राजनिति बिथोलिएको छ। २०६२÷६३ को जनक्रान्तिले ल्याएका उपलब्धि हरु संकटमा परेका छन्।’

अहिले नेकपा एमालेभित्र घात प्रतिघात, गुट उपगुट,  विश्वास अविस्वास, कार्वाही प्रतिकार्वाहि, समर्थन विरोध जस्ता कृयाकलाप भइरहेको उनले बताएका छन्। आार्यले गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका विभाजनकारी निर्णय र गतिविधि नै पार्टीभित्रको विवादको कारण भएको दावी गरेक छन्।

उनले नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टीलाई एकतावद्ध बनाउन लाग्नुपर्ने सुझाव दिएका छन्। यस्तै, सबै वामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरुसँग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्तिका उपलब्धिहरु रक्षा गर्दै समृद्धिको बाटोमा अघि बढ्नुपर्ने उनले धारणा राखेका छन्।

आचार्यका ६ बुँदे सुझाव 

(१) पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा वैधानिक प्रकृयाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठनहरु तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ। सार्वभौम सदस्यहरुबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो।

(२) गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरु खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु वैध घोषणा गर्नु पर्दछ।

(३) पार्टीभित्रका गुटहरुको टकरावका कारण यसबीच भयका द्वन्द्व र कामहरुको उपर्युक्त समयमा समीक्षा गर्दै भएका कमीकमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिवद्धता आवश्यक छ।

(४) आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरुको एकतावद्ध भएर सामना गर्नु पर्दछ।

(५) पार्टी लाई विधि विधान र स्थापित मान्यताहरुको आधारमा सञ्चालन गर्नु पर्दछ।

(६) नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टीलाई एकतावद्ध बनाउने र सबै वामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरुसँग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्तिका उपलब्धिहरु रक्षा गर्दै विकास र समृद्धिको बाटोमा अघि बढ्नु पर्दछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.