|

काठमाडौं : नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले जिल्लाभरि आइपर्ने विपत्त उद्धार, राहत र व्यवस्थापनका लागि जिल्ला विपद् कोष स्थापना गरेको छ।

माओवादी नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक लगायत विपद्को सामना गर्न हातेमालो गर्ने चाहनाअनुसार कोषको स्थापना गरेको युवा नेता सुमित काफ्लेले बताए।

कोषमा सहयोग गर्न चाहनेले मेगा बैंक चौतारा शाखामा रहेको नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक-विपद कोषमा (०१४००१५४०२९२७) रकम जम्मा गर्न सक्ने जनाइएको छ। सो कोषमा बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल, चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख जानुका पराजुली लगायतले रकम संकलन गरेका छन्। कोषमा सहयोग संकलन हुने क्रम जारी रहेको उनले बताए।

कसले कति गरे, सहयोग ?

युवराज दुलाल (पूर्व सामाजिक विकासमन्त्री) : ५०,०००।-

जानुका पराजुली (उपप्रमुख, चौतारा साँगाचोकगढी नपा) : २०,०००।-

गोविन्द पराजुली : १०,०००।-

रोशन गिरी (समाजसेवी) : ५०,०००।-

चन्द्र सापकोटा रवि : २०,०००।-

जुगल किराना : १०,०००।-

नेकपा (माओवादी केन्द्र),काठमाडौं : २,००,०००।-

नेकपा (माओवादी केन्द्र), बाँके : १,००,०००।-    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.