|

मेलम्ची : असार १ गते आएको मेलम्ची बाढीको डुवानमा परेको रेडियो मेलम्ची र बाढी प्रभावित पत्रकारलाई नेपाल पत्रकार महासंघले आर्थिक सहयोग गरेको छ।

महासंघ केन्द्र र जिल्ला शाखाले आर्थिक सहयोग उपलब्ध गराएको हो। शुक्रबार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जिल्ला शाखा अध्यक्ष जीवन श्रेष्ठलाई ५० हजारको चेक हस्तान्तरण गरे।

सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतिलाई चेक हस्तान्तरण गरे। त्यस्तै बाढीबाट प्रभावित महासंघ सिन्धुपाल्चोक शाखाका पूर्व अध्यक्ष महेशकुमार श्रेष्ठलाई जिल्ला शाखा सिन्धुपाल्चोकको तर्फबाट केन्द्रीय वरिष्ठ उपाध्यक्ष बिष्ट र जिल्ला अध्यक्ष जीवन श्रेष्ठले ५० हजारको चेक संयुक्तरुपमा हस्तान्तरण गरे। 

त्यस्तै सोही कार्यक्रममा संरचना टोल सुधार समिती, तार्केश्वर काठमाडौंले रेडियो मेलम्चीलाई एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.