|
फाइल फोटो

काठमाडौं : बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, कनकाई र यसका सहायक नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेको छ। यसका तटीय क्षेत्र बाढीको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार आज प्रदेश १ का इलाम‚ झापा‚ सुनसरी‚ मोरङ‚ उदयपुर र धनकुटामा बाढीको उच्च जोखिम रहेको छ। पाँचथर‚ ओखलढुङ्गा‚ संखुवासभा‚ भोजपुर र ताप्लेजुङमा मध्यम जोखिम रहेको छ।

यस्तै‚ प्रदेश २ का महोत्तरी‚ धनुषा‚ सिरहा र सप्तरीमा बाढीको जोखिम मध्यम नै रहेको छ। बागमती प्रदेशका रसुवा‚ सिन्धुपाल्चोक‚ दोलखा‚ रामेछाप‚ नुवाकोट‚ धादिङ र काठमाडौं बाढीको मध्यम जोखिमको सूचीमा रहेको छ।

गण्डकी प्रदेशका गोरखा‚ लमजुङ‚ तनहुँ‚ स्याङ्जा‚ पर्वत‚ कास्की र बाग्लुङमा पनि बाढीको जोखिम मध्यम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.