|

काठमाडौं : प्रहरीले नि:शुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्त सहित १८ अभियन्ताहरुलाई पक्राउ गरेको छ।  अनामनगर पूर्वीगेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जाको आरोपमा प्रहरीले साेमबार उनीहरुलाई पक्राउ गरेको हो।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जग्गा खाली नगराएपछि नगर प्रहरीले पक्राउ गरेको जानकारी दिए। उनले भने,‘महानगरको सार्वजनिक जग्गामा उनीहरुले टहरा बनाएका रहेछन्,खाली नगराएपछि अध्यक्षसहित १८ जना नगर प्रहरीले पक्राउ गरेर नगरप्रहरी कार्यालयमा राखिएको छ,थप अनुसन्धान हुँदै छ।’

नगरप्रहरी प्रमुख धनपति सापकोटाले जग्गा खाली गर्न खोज्दा अभियन्ताले अवरोध गरेपछि पक्राउ गरेको बताए। ‘त्यहाँको खाली जग्गामा पार्क बनाउने योजना थियो, त्यहाँ टहरा बनाएको थियाे, खाली गर्न खोज्दा अवरोध गरेकाले पक्राउ परेका हुन,’ उनले भने।

टिमले गरिब मजदूरी गर्नेहरूलाई थापाथलीको प्रसूति गृह अगाडि अहिले पनि नि:शुल्क खाना खुवाउँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.