|

विराटनगर : विपक्षी गठबन्धनका विद्यार्थी संगठनले मोरङमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्। चार वटा विद्यार्थी संगठनले विराटनगरस्थित तीनपैनी चोकमा  बुधबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दोहन गर्दै प्रदर्शन गरेका हुन्।

नेपाल विद्यार्थी संघ, एमाले नेता माधव नेपालनिकट अनेरास्ववियु, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला दोहन गर्दै प्रदर्शन गरेका अनेरास्ववियुका नेता वोसिम आलमले जानकारी दिए।

संगठनको केन्द्रीय निर्णयअनुसार देशभर प्रदर्शन भएको उनले बताए। उनीहरूले सरकारको कामकारबाहीको विरोध गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.