कमला नदीको टापुमा फसेका तीनजनाको सुरक्षाकर्मीद्वारा उद्धार

|

जनकपुरधाम : सिरहा–धनुषा जोड्ने कमला नदीको पुल सञ्चालनमा नआउँदै भासिएको छ। आज बिहानको बाढीले पुलको एउटा पिलर भासिएको हो।

सञ्चालनको तयारी भइरहेको बेला पुलको एउटा पिलर भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जानकारी दिए। उनका अनुसार पुलमा १२ स्पान (पिलर) रहेको छ। जसमध्ये एउटा एक फिट भासियो। पुलको निर्माण डिजाइनअनुसार काम नभएको वा डिजाइन नै गलत भएकाले भासिएको हुन सक्ने प्रजिअ कँडेल बताउँछन्। 

४७० मिटर लामो पुल मात्र ४२ महिनामा बनाउने सम्झौता पप्पु कन्स्ट्रक्सनले गरेको थियो। तर पप्पुले ३५ प्रतिशत काम गरेर निर्माण अलपत्र पारेपछि लुम्बिनी जेभीले काम गरेको बुझिएको छ। भासिएको स्पानको काम पप्पुले नै गराएको थियो।

पुल निर्माण पूरा भइसकेकाले केही दिनमै सञ्चालनमा ल्याउने तयारी भइरहेको थियो। तर पुल भासिएपछि सो क्षेत्रका सिरहा–धनुषाका बासिन्दा चिन्तित बनेका छन्।

१० वर्ष लगाएर निर्माण भएको थियो पुल

१० वर्षदेखि निर्माणाधीन हुलाकी सडकखण्डअन्तर्गतको यो पुल बाढीले बिहीबार दिउँसो दुई फिट भासिएको हो। १२ वटा स्पान र १३ वटा पायामध्ये सिराहा तर्फबाट दोश्रो पाया भासिएको हो।

०६८ मा पप्पु लुम्बिनी बिल्डर्स जेभीले निर्माण थालेको पुलको काम सक्न अझै बाँकी छ।

सात वर्षसम्म पप्पु कन्स्ट्रक्सनले सुस्त गतिमा काम गरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले ठेक्का सम्झौता तु हटाएर लुम्बिनी बिल्डर्सलाई जिम्मेवारी सुम्पेको थियो। विगत तीन वर्षदेखि लुम्बिनी बिल्डर्सले पुल निर्माणको काम गर्दै आएको थियो।

९० प्रतिशत निर्माणको काम भइसकेको यस ५ पुलको साउन दोस्रो साता उद्घाटन गरी यातायात सञ्चालन गर्ने तयारी थियो। आज आएको बाढीले चार सय ७० मिटर लम्बाइ रहेको पुल भासिएपछि सबै योजनाहरु तुहिएका छन्।

तराई मधेसको लाइफलाइन मानिएको यस कमला पुल २४ करोड ४२ लाख लागतमा निर्माण भइरहेको छ। साधारण बाढीमै पुल भासिएपछि तराई मधेसबासीको आशा निराशामा परिणत भएको सिरहाका वरिष्ठ पत्रकार देवकुमार यादवले बताए।

वर्षौंदेखि आवतजावतमा समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दाको  सपना सबै तुहिएको उनले बताए। उनले भने, ‘कमला पुल भाँसिएपछि यस भेगको नागरिकको आशा पनि मरेजस्तो भएको छ। बल्ल बल्ल १० वर्षपछि निर्माण भएर सुचारु हुन मात्र बाँकी थियो। अब फेरि कहिले खडा हुने हो? ठेगान भएन।’

सतर्क रहन प्रशासनको आग्रह

कमला नदीमा यसवर्ष मध्य असारतिर नै गत वर्षभन्दा करिब १ मिटर बढी पानीको सतह बढेको प्रजिअ कँडेलले बताए। उनले अहिले दैनिक रुपमा अनुगमन, निरीक्षण गरी सुरक्षा सतर्कता अपनाइरहेको र आफू पनि निरन्तर स्थलगत निरीक्षण गरिरहेको बताए।

जिल्ला प्रशासन कार्यालय सिराहाले कमला नदीको तटीय क्षेत्रका स्थानीय बासिन्दालाई कमला नदीमा पानीको बहाव उच्च रहेको र तटबन्धलाई जोखिम पुर्‍याउनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।

कमला नदीको टापुमा फसेका तीन जनाको सुरक्षाकर्मीद्वारा उद्धार

यसैबीच कमला नदीको टापुमा बाढीको कारण फसेका तीन जनालाई सुरक्षाकर्मीले उद्धार गरेको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–८ पोर्ताहा बस्ने ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय संजय अधिकारीलाई कमला नदीबाट सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन्।

उद्धार गरिएका तीनै जना कमला नदीको बीच भागको बीच टापुमा फसेका थिए। उनीहरुलाई बिहीबार दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय ढल्केबर, सशस्त्र प्रहरी बेस क्याम्प रघुनाथपुर र दंगा नियन्त्रण गण ढल्केबरबाट खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको इप्रका ढल्केबर प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।

कमला नदीमा फसेका तीनै जना बुधबार साँझ ८ बजे कमला नदी किनार लगाइएको परवल खेत रुँग्न त्यहाँ गएका थिए। बुधबार राति नदीमा आएको बाढीले खेतको दुवैतिरको जमिन कटान गरेर खोला बग्न थालेपछि उनीहरू नदीमा फसेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.