|

दाङ : मोटरसाइकल चोरीमा संलग्न ८ जनालाई १३ वटा मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ।

दाङबाट चोरी गरी रोल्पा र प्युठान लगी मोटरसाइकल बिक्री गर्ने गिरोहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

गिरोहका नाइकेसहित उनीहरूलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेमा एक जना भारतीय, ५ जना रोल्पाका, १ जना दाङ र  १ जना प्युठानका रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

भारत बलरामपुर तुलसीपुर थानाका २२ वर्षीय मोहम्मद रफिक, दाङ घोराही १९ का १९ वर्षीय जाबेद खान र प्यूठान स्वर्गद्वारी नगरपालिका ३ जलुकेका २४ वर्षीय ठगीराम थापा, रोल्पा सुनिल स्मृती गाउँपालिका ३ सुलिचौरका २८ वर्षीय श्रीजात अन्सारी, लुङ्ग्री गाउँपालिका ४ नम्जाका २६ वर्षीय लेखनाथ विष्ट, सोही गाउँपालिका वडा नं।  ५ बडाचौरका २५ वर्षीय टेकेन्द्र विष्ट, वडा नम्बर ६ गुम्चालका २६ वर्षीय नुमबहादुर रोका क्षेत्री र २२ वर्षीय हिराबहादुर विष्ट रहेको प्रवक्ता रिजालले जानकारी दिए।

पक्राउ परेकामध्ये श्रीजात अन्सारी ग्लोबल बजाज सर्भिस सेन्टर सुलिचौर रोल्पाका सञ्चालक रहेका र रोल्पामा उनले चोरीका मोटरसाइकल खरिद गर्न गिरोह परिचालन गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी, प्युठानका थापा अटो पार्टसका सञ्चालक रहेका र उनले चोरीका मोटरसाइकल खरिद गर्ने र बिक्री गर्दै आएका प्रहरीले जनाएको छ।

प्रहरीमा दैनिक मोटरसाइकल चोरीका निवेदन आउन थालेपछि प्रहरी सहायक निरीक्षक युवराज गौतमको नेतृत्वमा टोली परिचालन गरेर गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.