|

काठमाडौं : असार १८ गतेबाट स्वःस्फूर्त रूपमा देशैभरि सवारीसाधन सञ्चालन गर्ने भनेका यातायात व्यवसायीहरू आफ्नो अडानबाट पछि हटेका छन्।  

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, यातायत मजदुरलगायत संघ र सरकारबीच स्वःस्फूर्त सवारीसाधन सञ्चालन नगर्ने सहमति भएको छ। बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको समन्वयमा बसेको बैठकमा यस्तो सहमति भएको हो।

यी यातायात व्यवसायीहरूले २५ सिटमुनिका साधन मात्रै जोरबिजोर प्रणालीबाट चलाउन दिएको भन्दै विरोध गरेका थिए। तर व्यवसायीहरूले अरू सवारीसाधन पनि चल्न दिनुपर्ने माग गर्दै आएका थिए। 

सवारी धनी, चालक र कर्मचारी मारमा परेकाे भन्दै १८ गतेदेखि देशभरका सवारीसाधन स्वःस्फूर्त सञ्चालन गर्ने उनीहरूले सरकारलाई चेतावनी दिएका थिए।

‘कोरोना संक्रमणदर वृद्धि भइरहेको तथ्यांकलाई आधार मान्दै सरकारले जारी गरेको असार ३१ गतेसम्मको निषेधाज्ञासम्म धैर्य गरिदिन यातायात व्यवसायी तथा श्रमिकहरूलाई डिसिसिएमसीको अनुरोध भएकाले यही १८ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिएको आह्वान तत्काल स्थगन गरी पूर्ववत् आदेशबमोजिम गर्ने गराउने,’निर्णयमा भनिएको छ।

लामो र मध्यम दूरीका सवारीसाधन सञ्चालन, यातायात क्षेत्रका मजदुरहरूको समस्या समाधानका लागि डिसिसिएमसी कार्यालयमार्फत सिसिएमसीमा अनुरोध पत्र पठाउने निर्णय बैठकले गरेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.