|

बैतडी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।  शुक्रबार राति १० बजेर २ मिनेटमा गएको भूकम्पको धक्का बझाङ, बाजुरालगायतका जिल्लामा महसुस गरिएको हो।

भूकम्पको केन्द्रबिन्दु बझाङ र बाजुराको सीमा सैपाल नजिक रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए।  भूकम्प ४ दशमलब १ रेक्टर स्केलको गएको केन्द्रले जनाएको छ।  भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.