कोरोनाबाट अन्य देशको तुलनामा कम क्षति भएको जिकिर

|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप अब सबैले लगाउन पाउने दाबी गरेका छन्। 

नेपाल विद्युत प्राधिकरणको काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘हामीलाई बीचमा भ्याक्सिन पाउन कठिन भएको थियो, विभिन्न मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरेका छौं। अब सबैलाई क्रमैसँग खोप लगाउँछौँ।’

अब खोप निरन्तर रुपमा आउने भएकाले भ्याक्सिन लगाउने अभियान नै चल्ने उनले बताए। 

उनले भने, ‘भ्याक्सिन पाइएन भन्ने कुरा नै अब हुँदैन। भ्याक्सिन लगाउन पनि हामीसँग क्षमता कम छ। आवश्यकता अनुसार सकेसम्म छोटो अवधिमा उपलब्ध गराउँछौँ।’

उनले अन्य देशको तुलनामा कोरोनाबाट नेपालमा कम क्षति भएको दाबी गरे। कोरोना भाइरसबाट बच्न स्वास्थ्य मापदण्डलाई कडाइको साथ पालना गर्नुपर्ने समेत उनले जोड दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.