|

काठमाडौं : राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत एक जना सव–इन्जिनियर घुससहित पक्राउ परेका छन्।

सव–इन्जिनियर राजन पासवानलाई सेवाग्राहीबाट घुसवाफत लिएको ३० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।

भुकम्पबाट क्षतिग्रस्त घर पुनर्निमाणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग उनले ३० हजार घुस लिएको अख्तियारले जनाएको छ।

आयोग सँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाबाट खटिएको टोलीले पासवानलाई नियन्त्रणमा लिइएको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.