|
फाइल फोटो

ताप्लेजुङ : ताप्लेजुङको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान सुरु गरेको छ। कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो।

आज काठमाडौंबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए। १२ मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौंमै फर्किएको जनाइएको छ। 

ताप्लेजुङबाट १२ यात्रु काठमाडौं जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुगेका थिए। मौसमका कारणले विमान अवतरण हुन नसक्दा पुनः फुङ्लिङ बजार फर्किएको लिम्बूले बताए। 

सुकेटारमा  हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ। तत्कालका लागि काठमाडौंदेखि ताप्लेजुङसम्म सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौं सात हजार १९० रुपैयाँ भाडा तोकिएको सुकेटार विमानस्थल कार्यालयले  जनाएको छ। निगमले ताप्लेजुङदेखि प्रदेश १ को राजधानी विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.