|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ। 

यादवको गएराति धनुषाको जनकपुरस्थित आफ्नै घरमा निधन भएको हो। ५७ वर्षीय यादव लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। 

यादव तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सक्रियतापूर्वक सहभागी भएका थिए। उनले महोत्तरी, धनुषासहित तराईका जिल्लालाई कार्यक्षेत्र बनाएर पार्टीको नेतृत्व गरेका थिए। 

उनका श्रीमती, दुई छोरी र एक छोरा  छन्। यादवको निधनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.