|

काठमाडौं : कोरोना संक्रमणका कारण रोकिएको राष्ट्रिय जनगणना भदौबाट सञ्चालन हुने भएको छ। कोरोना जोखिम कायम रहेकाले कोभिडविरुद्ध खोप लगाएर मात्र जनगणना सुरु गर्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

विभागले राष्ट्रिय जनगणना, २०७८ का लागि टोलटोलमा खटाउने गणक तथा सुपरीवेक्षकलाई पहिला कोभिडविरुद्ध खोप लगाएर मात्र गणनाका लागि खटाउने तयारी गरेको विभागले जनाएको छ।

जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक करारमा नियुक्त गरेको छ। सरकारले निषेधाज्ञा खुकुलो  बनाए पनि कोरोनाको जोखिम कायम रहेकाले तत्काल टोलटोलमा गणक तथा सुपरीवेक्षक खटाउन नहुने विभागले जानकारी दिएको छ।

उनले भने, ‘कोरोनाको जोखिम बढ्दै गएको छ, खोप नलगाई टोलटोलमा खटाउन सक्ने अवस्था छैन।’ उनले थपे, स्वास्थ्य मन्त्रालयसँग खोप माग गरेका छौं, सकारात्मक सन्देश आएको छ।’ 

सुपरीवेक्षक र गणक बन्न स्नातक तह वा सोसरह शैक्षिक योग्यता तोकिएको थियो। तर, भर्ना भने कुनै एक पदका लागि मात्र लिइने विभागले जनाएको छ। सरकारले जनगणनाका लागि ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ।

त्यसमध्ये २ अर्ब गणना वर्षका लागि खर्च हुने र बाँकी २ अर्ब रुपैयाँपछि खर्च हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.