|

काठमाडौं : नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीद्वारा निगम कार्यालयमा तालाबन्दी गरेका छन्।

निगमलाई निजीकरण गर्न लागिएको विरोधमा कर्मचारीले मंगलबार कार्यालयमा तालाबन्दी गरेका हुन्। निगममा कार्यरत कर्मचारीका विभिन्न ट्रेड युनियनले तालाबन्दी गरेका छन्।

वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजीकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि कर्मचारी आन्दोलित भएका  हुन्। निगमलाई निमिट्यान्न पार्न तथा हवाई माफियाको इशारामा निजीकरण गर्न लागिएकाले आन्दोलन गर्नुपरेको नेपाल वायुसेवा निगम कर्मचारी संघका महासचिव नेत्रराज राउतले बताए।

उनले निगमलाई कुनै पनि हालतमा निजीकरण हुन नदिने उनले सुनाए। निगमलाई निजी कम्पनीको पोल्टोमा दिएर हजार कर्मचारीलाई मार्न खोजिएको उनले आरोप लगाए।

उनले बोर्ड हवाई माफियाको इसारामा चलेको आरोपसमेत लगाए। नेपाल वायुसेवा निगम आधिकारिक ट्रेड युनियनका वरिष्ठ उपाध्यक्ष ऋषिकेश पन्थीले व्यवस्थापनको निर्णयले निगमलाई तहसनहस पार्ने भएकाले कुनै पनि हालतमा मान्य नहुने बताए।

निर्णय खारेज नभएसम्म आन्दोलन जारी रहने उनले सुनाए। ‘निगमलाई कमजोर बनाउनका लागि बोर्डमा अध्यक्ष नभएको अवस्थामा माफियाहरुको आयोजक उपसमिति बुद्धिसागर लामिछानेको अध्यक्षतामा गठन गरेर संस्थालाई कमजोर बनाउन छलफल नगरी ४८ घण्टामा नयाँ ऐन ल्याइयो’ उनले भने।

कम्पनीको मुल्याङ्कन गर्दा पनि न्यून मुल्याङ्कन गरिएको उनले बताए। हाल कम्पनीको मुल्य ९० अर्बभन्दा बढी भए पनि ५४ अर्ब मात्रै मुल्याङ्कन गरिएको उनले सनाए। आन्दोलित कर्मचारीमाथि प्रहरीले बल प्रयोग गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.